सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

३ बर्ष अगाडि

सिटिजन्स बैंकले गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

३ बर्ष अगाडि

प्रतिक्रिया