सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

३ बर्ष अगाडि

काठमाडौं – मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ । आज पनि आइतबार र सोमबारको मुल्यमा नै सुनको कारोबार गर्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 
महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ निर्धारण भएको छ । 
तर, आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको हो । हिजो प्रतितोला १२०० रहेको चाँदीको मुल्य आज बढेर १२१० रुपैयाँ पुगेको महासंघको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया