मंगलबार पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम झन्डै साढे १ अर्ब

३ बर्ष अगाडि

काठमाडौ । आज (मंगलबार)  पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ ।

आज ११ बजे १५७०.३८ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ १२.४७ अंकले बढेर १५८२.८४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ०.७९ प्रतिशतले बढेको हो ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुह बढेका छन ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९३ कम्पनिको ४९ लाख १३ हजार ४९७ कित्ता शेयर १८ हजार ४२६ पटक खरिद विक्री हुदाँ १अर्ब २४ करोड १२ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया