एनआईसीले लगानीकर्तालाई दिने भयो २० प्रतिशत लाभांश

३ बर्ष अगाडि

एनआईसी एशिया बैंक लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको मंगलवार बसेको संचालक समितिको ४६० औं बैठकले  २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ।

उक्त लाभांश लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकको स्वीकृत तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउनेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया