८ अर्बको आईपिओ प्रस्ताव पारित गर्न इन्फ्रास्ट्रकचर बैंकले बोलायो साधारणसभा

३ बर्ष अगाडि

नेपाल इन्फ्रास्ट्रकचर बैंकले साधारणसभा बोलाएकको छ । 

बैंकले उक्त् जारी गर्ने भनेको ८ अर्ब बराबरको आइपिओको प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

बैंकको साधारण सभा मङ्सिर ३ गते बानेश्वर स्थित आफ्नै कार्यलातयमा बस्नेछ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली गर्नु संशोधन गर्नु परेमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्ने छ । सभाले आर्थिक वर्ष ७६र७७ को संचालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरि पारित गर्ने छ भने आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रहेकोछ भने आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया