ज्येष्ठ नागरिकग्रामका लागि गुरुयोजना

३ बर्ष अगाडि

प्रदेश नं।१ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिकग्रामको गुरुयोजनाअन्गर्तत चालू आर्थिक वर्षमा  रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
    
पूर्व विश्व सुन्दरी शृङ्खला खतिवडानेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरुयोजनाबारे आज गरिएको सरोकार भएकाको छलफलमा प्रदेशको सामाजिक विकास मन्त्रालयले  मानव सेवा आश्रमसँगको सहकार्यमा ग्रामको निर्माण गर्ने जानकारी दिइयो ।

कूल १० विगाहा १४ कठ्ठा जग्गामा ७२ वटा घरहरु निर्माण गरी ग्राम बनाइनेछ । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले  निर्माण कार्यको शिलान्यास चाँडै गर्ने गरी काम अघि बढाएको जानकारी दिए । उनले परियोजना सम्पन्न भएपछि हाल सञ्चालनमा रहेका आश्रमभन्दा स्तरीय बन्ने र ग्राममा बेसहराका लागि सम्मानजनक बस्न सकिने प्रबन्ध गरिनेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया