लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा

३ बर्ष अगाडि

एनएलजी इन्स्योरेन्सले  मङ्सिर ५ गतेलाई साधारणसभा आह्वान गरेको छ  ।

लाभांश प्रस्ताव पारित गर्ने विशेष प्रस्तावका साथ कम्पनीले सभा बोलाएको हो ।

यस अघि कम्पनीले  आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट  ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त  सभामा  आर्थिक वर्ष ७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समुह ुखु शेयरधनी समायोजन लगायतका प्रस्तावका विषयमा छलफल हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया