युनाईटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३ बर्ष अगाडि

युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बम्पनीले  असोज ७ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको हो।

यो कम्पनकिो पहिलो चरणको आईपीओ निष्कासन हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया