समृद्धि फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं – समृद्धि फाइनान्स कम्पनीको २०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पीले  गत असोज १६ गते देखि हकप्रद शेयर निष्काशन गरेको थियो । त्यसमा पुर्व निर्धारित समय अनुसार नै आज बिक्री बन्द गर्न लागिएको हो । 
कम्पनीले १ः २ (१ कित्ता बराबर २ कित्ता) अनुपातमा हकप्रद निष्काशन गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी रु. १८ करोड १९ लाख ८० हजार ३०० छ । त्योअनुसार कम्पनीले ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गरेको थियो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी रु. ५४ करोड ५९ लाख ४० हजार ९०० पुग्नेछ ।

कम्पनीले यसका लागि गत भदौ १२ गते शेयर दाखिला खारेजी (बुक क्लोज) गरेको थियो । त्यो अनुसार गत भदौ ११ गतेसम्म कायम शेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया