विश्व अर्थतन्त्रमा संकट आउँदा पनि बढ्यो बैदेशिक लगानी, चालु खाता र शोधनान्तर स्थिती पनि बचतमा

३ बर्ष अगाडि

काठमाडौं –  गत साउनमा ४ बर्षपछि बचतमा आएको मुलुकको चालु खाता भदौंमा पनि बचतमा नै रहेको छ । भदौसम्म आउँदा मुलुकको चालु खाता रु. २६ अर्ब ७ करोडले बचतमा भएको हो । 
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । गत बर्षको सोही अवधीमा भने चालु खातारु.२२ अर्ब ६९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको देखिन्छ । 

यस्तै,  समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई रु.१ अर्ब ९६ करोड कायम भएको छ । तर,  खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई रु .२ अर्ब ४४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १ अर्ब ९८ करोड रहेको थियो । तथ्यांकअनुसार कोरोनाले विश्व अर्थतन्त्रमा आर्थिक संकन ल्याउदा पनि पनि बैदेशिक लगानी बढेको देखिन्छ । 

यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८ अर्ब ८३ करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ । 
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको राष्ट्र बैंकको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया