पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि, ३ हजार २ सय १५ जना डिस्चार्ज

३ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार २ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ भने ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया