थप २१ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

३ बर्ष अगाडि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ।

अहिले देशभरि ४४,४७६ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १३,३३९ जना संस्थागत आइसोलेशनमा र बाँकी ३१,५३८ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी २७,२५९ छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

३ बर्ष अगाडि

प्रतिक्रिया