अर्थमन्त्रीका प्रेस सल्लाहकारमा केसी

३ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएमन छन । 

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट सञ्चारमा स्नातकोत्तर र  नर्वेको युनिभर्सिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गरेका केसी पत्रकारितामा पिएचडी अध्ययनरत छन। उनिसँग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष  केसी यसअघि राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए  ।

३ बर्ष अगाडि

प्रतिक्रिया