लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले डाक्यो साधारण सभा

३ बर्ष अगाडि

लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले आफ्नो १६ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभा बैंकले कात्तिक २८ गते, आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेलाई बोलाएको हो ।

उक्त सभामा यस अघि सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश पारित हुनेछ ।

त्यस्तै, सभामा मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।

साधारण सभा प्रयोजनाको लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया