सम्पदा पुनर्निर्माण सुस्त

३ बर्ष अगाडि

भूकम्पले क्षति पुगेको ओखलढुङ्गाको दर्जनौं सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदा पुनःनिर्माणमा सरकारको चासो नदेखिएकोप्रति स्थानीयवासी दुःख व्यक्त गरेका छन् । 

जिल्लाको मोलुङ गाउँपालिका– ८ स्थित माझखर्च गुम्बा, खिजीदेम्बा गाउँपालिकास्थित किल्खोर्दिङ गुम्बासहित दर्जनौं गुम्बा, मठ, मन्दिर, चर्च लगायत एतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा भूकम्प गएको छ वर्ष हुनलाग्दा पनि पुनःनिर्माणले गति लिन नसक्दा स्थानीयवासी दुःख व्यक्त गरेका हुन् । 

केही मठमन्दिर र गुम्बाको मर्मतसम्भारको काम भएपनि अधिकांश सम्पदा क्षतिग्रस्त अवस्थामा नै छन् । ती क्षतिग्रस्त सम्पदाहरु पुनःनिर्माणको पखाईमा छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय ९जिमाली० को तथ्यांकअनुसार ०७२ को भूकम्पबाट क्षति भएका नौ वटा गुम्बा मर्मतका लागि रु एक करोड २८ लाख बजेट विनियोजन भएको थियो । तीमध्ये रु ७१ लाख ४५ हजार ३ सय २२ को लागतमा पाँच वटा गुम्बा मर्मत गरिएको थियो । बाँकी चार वटा गुम्बाको मर्मतको काम अघि बढ्न नसकेपछि रकम फ्रिज भएको सो कार्यालयका निमित्त प्रमुख रिता लम्सालले बताउनुभयो । 

उहाँका अनुसार चालू आर्थिक वर्षमा तीन वटा गुम्बा मर्मतका लागि बजेट विनियोजन भएको छ । तीमध्ये मोलुङ्ग गाउँपालिका– ८ मा माझखर्क गुम्बा निर्माणका लागि रु ४५ लाख बजेट विनियोजन भएको छ । त्यस्तै सिद्धिचरण नगरपालिका– ५ स्थित उर्गेन च्छ्योलिङ गुम्बाका लागि रु ६७ लाख तथा मानेभञ्ज्याङ्ग गाउँपालिका–४ स्थित छैकु गुम्बाका लागि रु २३ लाख बजेट विनियोजन भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया