अखाद्य वस्तु बरामद

कात्तिक ७, २०७७ | आजको अर्थ
ajaako_artha

 एक महिनामा बैतडीमा करीब आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।  संयुक्त बजार अनुगमन समितिले एक  महिनामा विभिन्न बजारमा अनुगमन गर्दा सात लाख ७० हजारभन्दा बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । 

असोज पहिलोदेखि अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताउनुभयो । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा पहिलो चरणमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा चाउचाउ, बियर, पीठो, नम्किनलगायत वस्तु म्याद गुज्रेका पाइएका उहाँले बताउनुभयो । उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेका लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन्, न उपभोक्ताले नै । यसले गर्दा बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन् ।”

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् ।

निरन्तर अनुगमन भएमा बजारमा हुने कालोबजारीमा केही कमी आउने निङ्गलाशैनी मावि देहीमाडौँका शिक्षक तिलक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “पसलबाट किन्ने सामग्रीको म्याद भए÷नभएको बारेमा उपभोक्ताहरु पनि सचेत हुनु जरुरी रहेको छ ।” 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८