आगलागी हुँदा तीन घरपरिवारको बिचल्ली

कात्तिक ८, २०७७ | आजको अर्थ
ajaako_artha

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ पटगाउँबेंसीमा आज बिहान विद्युत् चुही आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ । स्थानीयवासी श्याम तामाङ, बुद्ध तामाङ र सुरेश तामाङको ढुङ्गामाटाको तीनतले घरमा आगलागी हुँदा नगद, गरगहना, लत्ताकपडा र अन्नपात सबै जलेको छ । 

स्थानीय बासिन्दा सङ्ग्राम तामाङका अनुसार बिचल्लीमा पर्नुभएका उहाँहरुलाई छिमेकीका सहयोगमा बसोबासको ब्यवस्था मिलाइएको छ । सुरेशका घरबाट आगलागी शुरु भएको जनाइएको छ । 
 वडाध्यक्ष लालबहादुर श्रेष्ठले तीन घरपरिवारको बसाइ व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गरिरहेको बताए  । ‘अन्नपात सबै जलेर नष्ट भएका कारण हामीले तत्कालका लागि खाद्यान्न र त्रिपालको व्यवस्थापन गरेका छौंँ ।’ 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८