सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी/बोका किन्नु पर्दा दशैँ महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको महँगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताए ।
हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्षका दशैँ हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यस पटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीय बोका किनेर बलि दिएको विकले बताउनुभयो ।
चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी/बोका खरिद गर्दा रु २७ हजारसम्म पर्न गएको हुनाले यो यस पटकको दशैँ महँगो भएको अर्का स्थानीय कालु बोहराले बताए ।
खसी/बोका व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसी/बोकाको तौलअनुसार रु १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताए । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहराले बताए ।
व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएका थिए ।
दशैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका यस पटक बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।