तनहुँ,झिलिङ्गा बेचेर यहाँका एक दम्पतीले मनग्य आम्दानी गर्न सफल भएका छन् ।
विगत लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी श्रेष्ठ र विष्णुकुमार श्रेष्ठ दम्पतीले झिलिङ्गा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हुन् । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक रु एक हजार बचत हुने गरेको तारादेवी श्रेष्ठले बताए ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो बन्दाबन्दीका कारण होटल बन्द भएपछि ती दम्पतीले झिलिङ्गा व्यवसाय शुरु गरेका हुन् । होटल बन्द भएपछि भाडा दिन पनि ऋण खोज्नुपर्ने अवस्था आएपछि सो व्यवसाय छोडेर झिलिङ्गा व्यवसाय शुरु गरेको उनले बताए ।
“माइजु केशीमाया श्रेष्ठबाट झिलिङ्गा बनाउन सिकेर गत असोज १६ गतेदेखि यो व्यवसाय शुरु गरेको छु”, तारादेवीले भने, “दैनिक रु। तीन हजार बढीको झिलिङ्गा बिक्री हुँदा रु। एक हजार मुनाफा हुने गरेको छ ।” उनका अनुसार बिक्रीको कुनै समस्या छैन् । झिलिङ्गा घरबाटै ग्राहकले लैजाने गरेका छन् । चाडपर्वको समय भएकाले हाल झिलिङ्गाको माग अत्यधिक भइरहेको तारादेवीको भनाइ छ ।
होटल बन्द भएपछि त्यतिकै बेरोजगार बस्नु भन्दा यो ब्यवसाय गरेर केही आम्दानी हुन्छ कि झिलिङ्गा बनाएर बेच्न थालेको बताउँदै तारादेवीका श्रीमान् विष्णुकुमारले अहिले यसबाट घरखर्च राम्रोसँग चलेको बताए । आफूले घरमा घरयासी प्रविधिबाट झिलिङ्गा बनाउने र त्यो स्थानीय बजारमा नै खपत भएको उनको भनाइ छ । काम गर्न सके जे गरेपनि राम्रो गर्न सकिने र काम पाइएन भनेर भौतारिएर हिँड्नु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।
दशैं तिहारजस्ता चाडपर्वमा झिलिङ्गाको माग अत्यधिक हुने गरेको छ । यसका साथै विवाह, व्रतबन्ध, धार्मिक कार्य तथा खाजाको रुपमा पनि यसको प्रयोग बढ्न थालेको बताइएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।