बुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण , २ हजार ९ सय ८१ जना कोरोना संक्रमित डिस्चार्ज

३ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ९ सय ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ रहेको छ भने २ हजार ८ सय ८९ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया