सुर्खेत, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दशैंँभत्ताका रुपमा आफूलाई प्राप्त रकम मानव सेवा आश्रमलाई दिएका छन ।
नगर प्रमुख सुवेदीले भत्तावापत पाएको रु १५ हजार आश्रमलाई प्रदान गरेका हुन । उनले रु पाँच हजार बराबरको खाद्य पदार्थ तथा १० हजार बराबरको फलफूल हस्तान्तरण गर्दै मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । ‘गत वर्ष हामीले आश्रमको भाडा तिरिदिएका थियौँ’, उनले भने, ‘यस वर्ष हामी गर्न सक्ने कामका लागि प्रयास गर्छौं ।’
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।