स्याटेलाइट टेलिभिजन प्रशारण हुने

३ बर्ष अगाडि

वागमती प्रदेशको राजधानी हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन  प्रशारण हुने भएको छ । करिब रु ५ करोडको लागतमा  सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट अनुमति समेत  प्राप्त भइसकेको बताइएको छ । 

श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक  उज्जवल चौलागाईँले  तिहारसम्म २४ घन्टा प्रशारण हुने गरी  तयारी भएको जानकारी दिए । उनले अत्याधुनिक उपकरणको प्रयोग गरि सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने  बताए । विशेष समाचार तथा समाचार मूलकलाई जोड दिइने बताइएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया