सैफ अलीले बढाए पारिश्रमिक, ‘आदिपुरूष’ मा बुझे ११ करोड

कात्तिक २७, २०७७ | आजको अर्थ
ajaako_artha

अभिनेता सैफ अली फिल्म ‘आदिपुरूष’ मा लंकेशको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मका लागि उनले ११ करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि उनले हरेक फिल्ममा ३ देखि ४ करोडसम्म पारिश्रमिक लिने गरेका थिए । ‘तान्हाजी’ को सफलतापछि उनले पारिश्रमिक बढाएको बताइएको छ । 
 
यतिबेला सैफ फिल्म ‘भूत पुलिस’ को छायांकनमा व्यस्त छन् । यसपछि उनले अली अब्बास जफरको वेब सिरिज ‘दिल्ली’ गर्नेछन् । लगातार एक्सपेरिमेन्ट गरिरहेका उनले अहिले राम्रो कन्टेन्टलाई प्राथमिकता दिँदै आएका छन् । उनी फिल्ममा निर्वाह गर्ने चरित्रमा नयाँ प्रयोग गर्न पनि डराउँदैनन् । उनले केही समययता जुन रिक्स मोलिरहेका छन्, त्यसमा उनी सफल भएका छन् । 
 
‘आदिपुरूष’ मा सैफले भिलेनको भूमिका निर्वाह गर्नेछन् भने अभिनेता प्रभास रामको भूमिकामा देखिनेछन् । फिल्ममा उनीहरुको घमासान द्वन्द्व देख्न पाइनेछ । यो फिल्मको निर्माण लागत ४ सय करोडको आसपास हुने बताइएको छ । कोरोना भाइरसपछि निर्माण हुने ‘आदिपुरुष’ भारतको सबैभन्दा ठूलो फिल्म हुनेछ । फिल्म तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८