युनाईटेड इदी–मार्दीको आईपीओ आजदेखि बिक्रीमा

३ बर्ष अगाडि

काठमाडौं – युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि बिक्रीमा आएको छ । कम्पनीले गत २७ गतेदेखि नै आईपीओ बिक्रीमा ल्याउने भनेको थियो । तर, धितोपत्र बोर्डको निर्देशन पछि कम्पनीले निष्काशन मिति परिवर्तन गरेर मंसिर ३ गतेदेखि आईपीओ बिक्री गर्ने भनेको थियो । 
सोही अनुसार नै आजदेखि आईपीओ आवेदन खुल्ला गरिएको हो । 
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयहरुलाई आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।
अहिले दोस्रो चरणमा सर्वसाधारणलाई ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको उक्त आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
साथै, यस आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तिय दायित्व मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने बताइएको  छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया