माउण्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं – माउण्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओमा  आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक २६ गतेदेखि आईपीओ बिक्रीमा ल्याएको थियो । उक्त आईपीओमा आवश्यक मात्रामा आवेदन आइसकेपछि आज आवेदन दिने अन्तिम दिन तोकिएको हो । 

कम्पनीले पहिलो चरणमा म्याग्दी र नुवाकोट जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेर दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो । यसको शेयर बिक्री प्रवन्धकमा भने नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् । 

कम्पनीले सर्वसाधारणलाई कुल ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न गरि धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमा सर्वसाधारणलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्री गरिने छ । त्यसमा नि ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका छुट्टाइएको छ । त्यो अनुसार १८ लाख ३० हजार २६५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छ ।  कम्पनीले अन्य १९ लाख ६८ हजार २७ कित्ता शेयर भने स्थानीयलाई बिक्री गरिसकेको छ । 
कम्पनीको यस आईपीओले केयर रेटिङ्ग नेपालबाट केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्राप्त गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया