मानुषी लघुवित्त साढे १३ लाखले घाटामा

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो त्रैमासमा मानुषी लघुवित्त वित्तिय संस्थाले घाटामा गएको छ । यस अवधीमा उक्त कम्पनी १३ लाख ५९ हजारले घाटामा गएको हो । 
लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । गत आवको सोही अवधीमा भने कम्पनीले रु. १३ लाख ५४ हजार खुद नाफा कमाएको थियो ।  
समिक्षा अवधीसम्म कम्पनीले रु. ५७ करोड ३२ लाख २१ हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. ८३ करोड ८८ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ३ करोड ६८ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. २ करोड ७ लाख ७८ हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ७ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २करोड ७२ लाख जम्मा गरेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया