फिल्म ‘आदिपुरुष’ को प्रदर्शन मिति घोषणा

३ बर्ष अगाडि

फिल्म ‘आदिपुरुष’ को प्रदर्शन मिति घोषणा गरिएको छ । ठूलो बजेटमा निर्माण हुन लागेको यो फिल्म २०२२ मा प्रदर्शन हुने भएको छ । प्रभासले आफ्नो सोसल मिडियाबाट फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । उनका अनुसार, ११ अगस्ट २०२२ मा फिल्म प्रदर्शनमा आउनेछ । ‘तन्हाजी’ फेम्ड निर्देशक ओम राउतले फिल्मको निर्देशन गर्दैछन् ।
 
यो फिल्म पौराणिक ग्रन्थ रामायणमा आधारित हुनेछ र यसका लागि साउथ र बलिउडका ठूला कलाकारलाई साइन गरिएको छ । फिल्ममा सैफ अली खान पनि कन्फर्म भएका छन् । फिल्ममा प्रभास भगवान राम र सैफ भिलेन लंकेशको भूमिकामा देखिने छन् । लिड अभिनेत्रीमा साउथ फिल्मकी कीर्ति सुरेश हुनसक्ने चर्चा छ । तर, उनीसँग निर्माण टिमको सम्झौता भने भएको छैन । 
 
अहिले फिल्मको प्रि(प्रोडक्सनको काम भइरहेको छ । अर्को वर्षबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्म तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ । फिल्मको बजेट ४ सय करोडको आसपास हुने बताइएको छ । कोरोना भाइरसपछि निर्माण हुने ‘आदिपुरुष’ भारतको सबैभन्दा ठूलो फिल्म हुनेछ । फिल्ममा अजय देवगनको केमियो भूमिका हुनसक्ने चर्चा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया