महामारीमा पनि १९ जीवन बीमान कम्पनीको नाफा २५% ले बढ्यो, कुन कम्पनीको कति नाफा ?

३ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको महामरीका बीच पनि चालु आर्थिक बर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ । अहिले बाणिज्य बैंक लगायतका क्षेत्रका कम्पनीहरुको औषत नाफा घटेको छ । तर, जीवन बीमा कम्पनीको नाफा बृद्धिदर दोहोरो अंक रहेको छ । 
समिक्षा अवधीमा जीवन बीमा कम्पनीहरुको नाफा २४.२८ प्रतिशतले बढेको छ । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो ।
समिक्षा अवधीमा नाफा कमाउने मामलामा नेपाल लाइफ अगाडि देखिएको छ । उक्त कम्पनीले ३ महिना रु. २२ करोड ९० लाख खुद नाफा कमाएको । छ ।
यस्तै, दोस्रो नम्बरमा रहेको प्राइम लाइफले रु. १२ करोड ७ लाख, तेस्रो स्थान रहेको नेशनल लाइफ रु. ११ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । यसैगरि सुर्या लाइफले रु. १० करोड १६ लाख रुपैयाँ  नाफा कमाएको छ । यस बाहेकका कम्पनीको नाफा भने १० करोड रुपैयाँ भन्दा तल रहेको छ ।
जीवन बीमा कम्पनीहरुको औषत नाफा बढेपछि ३ कम्पनीको नाफा भने घटेको छ । समिक्षा अवधीमा सन नेपाल लाइफको २७.२३ प्रतिशत, युनियन लाइफको ५६.५३ र राष्ट्रिय बीमा संस्थानको ४१.२३ प्रतिशतले नाफा घटेको छ । 
गत आवमा सन नेपालले रु. ३ करोड ५० लाख नाफा कमाएको थियो । तर, अहिले २ करोड ५४ लाख नाफा कमाएको छ । 
युनियन लाइफले गत आवको समिक्षा अवधीमा ५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । अहिले त्यो २ करोड ४१ लाख रुपैयाँमा झरेको छ । यसैगरि गत आवमा १ करोड ७४ लाख नाफा कमाएको राष्ट्रिय बीमा संस्थानले अहिले १ अर्ब २ करोड मात्र नाफा कमाएको छ । 
 

हेर्नुहोस्, कुन कम्पनीको कति नाफा ? 

३ बर्ष अगाडि

प्रतिक्रिया