पछिल्लो २४ घण्टामा १९ सय ४५ जनामा सङ्क्रमण पुष्टि, थप २२ जनाको मृत्यु

३ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि १०,३४१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।   

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १७ हजार नजिक पुगेको छ । अहिले पुष्टि भएका २४,६६५ जना सक्रिय सङ्क्रमित देशभरि छन्।

सरकारको तथ्याङ्कअनुसार बिहीवारसम्म नेपालमा १,२९८ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

पछिल्ला २े४ घण्टाको अवधिमा थप ५,३६४ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल एक लाख ९१ हजार निको भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितमध्ये ७४० जना महिला र १,२०५ पुरुष भएको मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाण्डूमा ८६२ जनासहित उपत्यकाका १,१०७ जना छन्।

अहिले उपत्यकाका तीन जिल्लामा १२,६९२ सक्रिय सङ्क्रमित छन्। उपत्यकामा अहिलेसम्म सङ्क्रमित भएका मानिसको सङ्ख्या एक लाख आठ सय ७२ पुगेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया