मन्त्री श्रेष्ठद्वारा सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न अपिल

३ बर्ष अगाडि

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सडक बालबालिकामुक्त राष्ट्र निर्माणमा सहयोग गर्न अपिल गरेका छन । अन्तरराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्द्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले सडक बालबालिका मुक्त बनाउन प्रदेश सरकार र स्थानीय तहलगायत सबै निकायसँग अपिल गरेको हो । 
    
उनले भने, “बालबालिकासमबन्धी समस्यालाई लिएर सरकारको मात्रै मुख ताक्ने होइन, ती समस्या समाधान गर्न सबै तह र सबै निकायको उत्तिकै भूमिका हुन्छ, सबै मिलेर साझा पहलबाट मात्रै पक्षमा लड्न सकिन्छ ।” मन्त्री श्रेष्ठले समक्ष बालबालिका बनाउन मुख्य गरी अभिभावकको मुख्य भूमिका हुने बताउँदै बालबालिको शिक्षामा जोड दिए । उनले संवैधानिकरुपमा सुनिश्चित भएको बालबालिकासम्बन्धी अधिकारलाई व्यावहारिकरुपमै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    
मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बाल अधिकारको विषयलाई स्थानीय तहसम्म कसरी पु¥याउने भन्ने विषयमा नै मन्त्रालय केन्द्रित भएको बताउँदै सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले बालबालिका लागि १० वर्षे रणनीति बनाउने तयारी भइरहेको बताउँदै प्रदेश र स्थानीय तहमा बालबालिकासम्बन्धी संरचना निर्माण गर्नुपर्ने बताए । 
    
परिषद्का कार्यकारी निर्देशक मिलन राज धरेलले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ भइसकेपछि हालसम्म तीस वर्षको अवधिमा बाल अधिकारको संवैधानिक सुनिचित हुनुका साथै बाल अधिकारको कार्यान्वयनका लागि संरचना लगायतमा विकास भएको बताए । उनले यही आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने योजना रहेको जानकारी दिँदै बालविवाह, बालश्रम शोषण तथा बालबालिका बेचबिखन मुख्य चुनौतीका रुपमा देखापरेको बताए । २०६८ सालको जनगणना अनुसार १८ वर्षभन्दा मुनिका बालबालिको जनसङ्ख्या ४२ प्रतिशत छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया