‘गोप्रो क्यामेरा’प्रयोगमा

३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ ।

प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा छ वटा क्यामेरा प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

“सवारीसाधन जाँचका क्रममा कुनै खाले विवाद सिर्जना भइहाले पनि यसले प्रमाण राख्न पनि सहज हुन्छ”, उहाँले भन्नुभयो, “प्रहरीको प्रविधिमाथि पनि पहुँच बढिरहेको छ ।” उहाँले शुरुआतमा महेन्द्रनगर र आसपासका क्षेत्रमा थालिएको उक्त गोप्रो क्यामेराको प्रयोग जिल्लाभरका युनिटसम्म पु¥याउने योजना रहेको बताउनुभयो ।
    
क्यामेरा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीको पहलमा खरिद गरी कार्यक्षेत्रमा खटिने प्रहरीलाई प्रयोगका लागि दिइएको हो । “हरेक दिनको भिडियोसहितको रेकर्ड जिल्लामा राख्ने काम पनि हुन्छ”, प्रवक्ता थापाले भन्नुभयो, “ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि सबैले सचेत हुन जरुरी छ ।”

उहाँले क्यामेराको प्रयोगले खटिने प्रहरी कर्मचारीकोसमेत गतिविधिमाथि निगरानी हुने बताउनुभयो । सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ । “सवारी जाँचका क्रममा प्रहरीबाटै दुव्र्यहार भएका गुनासा पनि आउँछन्”, उहाँले भन्नुभयो, “अब यथार्थ थाहा पाउन पनि सहज हुन्छ ।”

प्रहरी र ट्राफिक प्रहरीले दुई दिनदेखि उक्त क्यामेराको प्रयोगसहित बजार र आसपासका क्षेत्रमा सवारी जाँच सक्रिय बनाएको छ । दुई दिनमा ५८ सवारी साधनमाथि कारवाही गरिएको प्रहरीले जनाएको छ । “पहिलो दिन बिहीबार ३२ र शुक्रबार २६ वटा सवारी साधनमाथि कारवाही गर्दा गरियो”, थापाले भन्नुभयो, “ग्रामीण बस्तीसम्म प्रहरी सहभागिता बढाउन विभिन्न योजनासहित अघि बढ्दै छौँ ।”
 

३ बर्ष अगाडि

प्रतिक्रिया