शिवम् सिमेन्ट  उद्योगमा आगलागी

३ बर्ष अगाडि

हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।   

विद्युत् प्रवाह चुहावट भई  उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 

उहाँले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताउनुभयो । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया