‘कुली नम्बर १’ मा वरुण धवनको पाँच अवतार

३ बर्ष अगाडि

अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानले पहिलो पटक स्क्रिन शेयर गरेको फिल्म ‘कुली नम्बर १’ लामो समयदेखि चर्चामा छ । पहिला यो फिल्म थिएटरमा रिलिज हुने तयारीमा थियो, तर अब अमेजन प्राइम भिडियोमा रिलिज हुनेछ । फिल्मको ट्रेलर चाँडै सार्वजनिक हुँदैछ । यसबीच, फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा वरुण र सारा फिचर छन् । 
 
पोस्टरमा सारा ट्रेडिशनल पहिरनमा देखिएकी छन् भने वरुणलाई पाँच अलग अलग अवतारमा देख्न सकिन्छ । यीमध्ये एकमा उनी युवतीको अवतारमा प्रस्तुत छन् । त्यस्तै, दोस्रोमा उनलाई कुलीको गेटअपमा देख्न सकिन्छ । पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गरेको छ । यो फिल्मलाई वरुणका पिता डेविड धवनले निर्देशन गरेका हुन् । उनको यो ४५औं फिल्म हो । 
 
यो फिल्म अमेजनले ३५ करोडमा ओटीटी राइट्स खरिद गरेको भारतीय मिडियाले बताएका छन् । डेविडले १९९५ मा ‘कुली नम्बर १’ बनाएका थिए । फिल्ममा गोविन्दा र करिश्मा कपूर मुख्य भूमिकामा थिए । यसको रिमेकमा भने गोविन्दा र करिश्मा दुवै छैनन् । ‘कुली नम्बर १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएपछि सामाजिक सञ्जालमा फिल्मलाई बहिष्कारको माग उठेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया