नेपाल बङ्गलादेश बैंकको लाभांश प्रस्ताव

३ बर्ष अगाडि

काठमाडौं – नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट बोनस शेयर सहित लाभांश दिने प्रस्ताव गरेको हो । 
बैंकले ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद लाभाश वितरण गर्ने घोषण गरेको हो  
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो।
 

३ बर्ष अगाडि

प्रतिक्रिया