चिलिमे जलविद्युतले २० प्रतिशत लाभांश दिने

३ बर्ष अगाडि

काठमाडौं –चिलिमे जलविद्युत कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर सहित गरेर २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 
अब साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपति शेयरधनीले उक्त बोनस पाउन सक्ने छन् । कम्पनीले आगामी पुस १२ गते साधारण सभा बोलाएको छ । 
यस्तै, साधारण सभा प्रयोजनको लागि मंसिर २९ गतेदेखि पुस १२ गते सम्म बुक क्लोज गर्ने भएको छ । त्यो अनुसार मंसिर २८ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७० करोड ९७ लाख रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. ६ अर्ब २८ करोड पुग्ने छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया