आज देखि चन्द्रागिरी हिल्सको आईपिओमा आवेदन दिन सकिने

३ बर्ष अगाडि

आज मङ्सिर १७ गतेदेखि चन्द्रागिरी हिल्स लिमिटेडकोे जारी गर्नलागेको आईपिओमा आवेदन दिन सकिने भएको छ ।

उक्त आइपीओआयोजना प्रभावित स्थानीयको लागि ल्याइएको हो ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

उक्त आईपिओमा छिटोमा पुस १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीको आइपीओ काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् । 

कम्पनीको शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।  

कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गरेपछि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।  

कम्पनीले  १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि यस अघि नै अनुमति पाइसकेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया