आईपिओ निष्काशनको अनुमति माग्दै न्यादी हाइड्रो धितोपत्र बोर्डमा

३ बर्ष अगाडि

आईपिओ निष्काशनको अनुमति माग्दै न्यादी हाइड्रो धितोपत्र बोर्ड पुुगेको छ ।

कम्पनी यही मङ्सिर १० गते शेयर निष्काशनको अनुमति माग्न बोर्ड पुुगेको हो ।

कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

उक्त शेयर मध्य १५ लाख आयोजना प्रभावित स्थानीयलाई छुट्याईएको छ भने ३ लाख कित्ता कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि र वाँकी २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । 

ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको कम्पनीले मजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया