उत्साहपूर्ण नेपाली शेयर बजारः ६ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट, थुप्रै कम्पनीको शेयर कारोबार सर्किट लेभलमा

३ बर्ष अगाडि

काठमाडौं – पछिल्लो बुलिस ट्रेन्डमा अगाडि बढेको नेपाली शेयर बजारमा बुधबार ६ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार  हालसम्म ६ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । 

सर्किट लाग्ने कम्पनीमा निर्धान उत्थान लघुवित्त, सान्जेन जलविद्युत कम्पनी, विजय लघुवित्त, नेरुडु लघुवित्त, इन्फीनिटी र मिथिला लघुवित्त रहेका छन् । उनीहरुको शेयर मुल्य १० प्रतिशतले बढेको नेप्सेमा देख्न सकिन्छ  
यी बाहेक अन्य थुप्रै कम्पनीको शेयर कारोबार पनि सकरात्मक सर्किट लेभलमा भएको छ । नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलीकम लगायतका कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । 
नेपाली शेयर बजार अहिले बुलिस ट्रेन्डमा अगाडि बढेको छ । केही दिनसम्म बैंक तथा बीमा कम्पनीमा आर्कषित भएको लगानीकर्ता अहिले लघुवित्त तिर आर्कषित भएको देखिन्छ । 
केही समय अघि मिथिला लघुवित्तको शेयर मुल्य पनि १० प्रतिशतले नै बढेको का थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया