रेश्मा घिमिरेले प्रभातसंग गरिन इन्गेजमेन्ट

३ बर्ष अगाडि

अभिनेत्री रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छन् । बुधवार विराटनगरको एक होटलमा उनले प्रभात बासुसँग औंठी साटेकी हुन् । इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवारको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका प्रभातसँग रेश्मा लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । प्रभात पेशाले चिकित्सक हुन् भने रेश्मा पनि नर्स हुन् । उनीहरुको विवाहको मिति भने तय भएको छैन ।
 
रेश्माले फिल्म ‘यो साइनो मायाको’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि रंगिन दुनियाँबाट टाढा भएकी उनी पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त छिन् । टिकटकबाट रातारात चर्चामा आएकी उनी जन्मथलो विराटनगरमा नै बस्ने गर्दछिन् । गएको हप्ता ‘लगनगाँठो’ एल्बमका पाँच गीत सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएकी थिइन् ।
 
‘यो साइनो मायाको’ असफल भएपछि निर्मातारनिर्देशनको नजरमा नपरेकी रेश्मालाई अहिले फिल्मबाट अफरको कमी छैनन् । तर, उनी अडिसनबाट पास भएपछि मात्र फिल्म गर्ने सोचमा छिन् । कसैको आग्रह वा सिफारिसमा फिल्म नगर्ने उनको भनाई छ । टिकटकमा १२ लाख फलोअर्स कमाएकी उनलाई ‘इन्स्टाको फोटो’ बोलको गीतले लोकप्रियताको उचाईमा पुर्‍याएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया