तारकेश्वरमा प्रशासनिक भवन बन्दै

३ बर्ष अगाडि

तारकेश्वर नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्ने भएको छ । 

साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएको नगरपालिकाले करीब १६ रोपनी क्षेत्रफलमा सबै विषयगत शाखा र नगरको प्रशासन सञ्चालनका लागि सभाकक्षसहित आधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्ने छ । 

आगामी ३० महिनाभित्र भवन निर्माण गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले बताउनुभयो । रु १७ करोडमा बन्ने भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट ६० र नगरपालिकाबाट ४० प्रतिशत रकम विनियोजन गरिएको छ । नयाँ बन्ने भवन चारतले अपाङ्गमैत्री हुने जनाइएको छ । 

हाल प्रयोग भएको साविकको गाविस भवन हो । गाविसको साँघुरो भवनबाट सेवा प्रवाहमा समस्या हुँदै आएको तथा आफ्नै सभाकक्ष नहुँदा सभा र कार्यक्रम निजी बैंकेट र होटलमा हुने गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया