बिहीबार नेपाली शेयर बजार करेक्सन, नेप्सेमा १५ अंकको गिरावट

३ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय निरन्तर रुपमा बुलिस ट्रेन्डमा बढेको नेपाली शेयर बजार बिहीबार भने करेक्सन भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १५.५७ अंकले घटेर करेक्स भएको हो ।
आज नेपाली शेयर बजार २०५५.४५ विन्दु झरेर बन्द भएको छ । आज नेप्स परिसुचक ०.७५ प्रतिशत र सेन्सेटिभ ०.९५ प्रतिशतले घटेको छ । 
आज नेप्सेमा २०० कम्पनीको शेयर कारोबार भएको छ । आज उत्त कम्पनीका १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयरको ६४ हजार ४२६ पटक कारोबार भएकोछ । नेप्सेका अनुसार आज ८ अर्ब २ करोड ६० लाख २३ हजारको शेयर कारोबार भएको छ । 
आज हाइड्रो पावर र माइक्रोफाइनान्स समुहबाट सबै क्षेत्र करेक्सन भएको छ । 
यस्तै, कारोबार तर्फ आज पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको  छ । उक्त कम्पनीको आज १ अर्ब ११ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । 
यस्तै, दोस्रो नम्बरमा रहेको नेपाल टेलिकमको भने ४२ करोड १८ लाख रुपैयाँको शेयर कारोबार  भएको छ । साथै, नेपाल लाइफ इन्स्योरेन्सको भने ३० करोड बरारबको शेयर कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया