काठमाडौँ–नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर २ हजार १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।
हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् भने ५ सय ७६ जना क्वारेन्टिनमा छन्।
हाल देशभर ३८८ जना संक्रमितको आईसीयु र ६५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार २८९ पीसीआर परीक्षण भएको छ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।