रुसमा कोरोनाभाइरसबाट एकैदिनमा थप २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा २८ हजार १४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
यसअघि अघिल्लो दिन एकैदिनमा २५ हजार ३४५ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या २३ लाख ७५ हजार ५४६ पुगेको छ ।
यसअघि गत नोभेम्बर २७ तारिखमा एकैदिन २७ हजार ५४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । “पछिल्लो २४ घण्टामा रुसमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या २८ हजार १४५ थपिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् ।
थपिएका सङ्क्रमितहरु मध्ये सात हजार ७५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै थपिएको पनि अधिकारीहरुले जनाएका छन् । यस अवधिमा रुसमा थप ५५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन यो भन्दा धेरै ५८९ जनाको मृत्यु भएको थियो ।
कोरोनाभाइरस विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजार ६०७ जनाको मृत्यु भइसकेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।