निजी क्षेत्रको एजेण्डामा महासङ्घ र परिसङ्घबीच सहकार्य गरिने

मंसिर १८, २०७७ | आजको अर्थ
ajaako_artha

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई नेपाल उद्योग परिसङ्घले स्वागत तथा बधाई ज्ञापन गरेको छ । परिसङ्घको कार्यालयमा आज आयोजित कार्यक्रममा महासङ्घका पदाधिकारीलाई परिसङ्घका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गर्दै कार्यकाल सफलताको कामना गरेको हो । 

कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पारे । उनले नयाँ कार्यसमितिसँग महासङ्घसँगको सहकार्यलाई थप सुदृढ र मजबूत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताए । 
    
कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै समस्या उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गीकरण र क्षमताका आधारमा समस्या फरक पर्ने भएकाले मध्यमार्गी बाटो अपनाइ एकताबद्ध भएर जानुपर्ने बताए ।
    
उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विगतमा पनि परिसङ्घसँग सहकार्य गर्दै आएको स्मरण गरे । आर्थिक पुनःउत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा परिसङ्घ र महासङ्घ मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले निजी क्षेत्रका संस्था प्रतिस्पर्धीभन्दा साझेदारका रुपमा भएकाले यही क्षेत्रबाटै समृद्धि सम्भव रहेको बताए ।
    
कार्यक्रममा परिसङ्घकोतर्फबाट परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालसहित उपाध्यक्ष सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो । महासङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घाइ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलगायत सहभागी थिए । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८