धितो लिलामी प्रक्रिया स्थगन गर्न राष्ट्र बैंकको निर्देशन

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा धितो राखेका सम्पत्ति लिलामी गर्ने प्रक्रिया स्थगन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक मौद्रिक नीतिको प्रथम समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । 
बिशेषगरि कोभिड १९ का कारण असर परेका ऋणीले ६ महिना भन्दा बढी सयमको व्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयका लागि स्थगन गर्नुपर्ने व्यवस्था
गरिने राष्ट्र बैंकको भनाइ छ । 

बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण लिएका ऋणीहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट प्रभावित हुन गई विदेशी मुद्रामा साँवा तथा ब्याज  भुक्तानीमा पर्न गएको असहज परिस्थितिलाई दृष्टिगत गरी यस्तो विदेशी मुद्रामा लिएको ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया