शुक्रबार थप १२ सय ७२ जनामा संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रमित संक्रमित छन् भने ५ सय ३७ जना क्वारेन्टिनमा छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया