सङ्ग्रहालय निर्माण

मंसिर २०, २०७७ | आजको अर्थ
ajaako_artha

इतिहासको संरक्षण तथा सम्वद्र्धन गर्न  इलाम नगरपालिकाले सङ्ग्रहालय निर्माण गरेको छ । 

नगरपालिकाले सय वर्षभन्दा पुरानो राणाकालीन दरबारलाई अरनिको सङ्ग्रहालय बनाएको हो ।
    
जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा सङ्ग्रहालय बनाइएको हो । लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरण, बाजागाजा, विभिन्न जातिका वेषभूषा र भाडावर्तनलगायतका सामग्री राखिएको छ । 
   
पुुर्खाले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुलाई सङ्ग्रहालयमा राखिएको छ । जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, वेषभूषालाई पनि सङ्ग्रहित गर्ने नगर साहित्य प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले जानकारी दिनुुभयो ।  
     
उहाँका अनुसार भवनमा २२ वटा कोठा छन् । कोठामा जातीय संस्कृतिका सामग्री राखिएको थियो । लोपोन्मुुख सामग्री ल्याएर राख्ने काम भइरहेको छ । सङ्ग्रलायको प्राङ्गणमा पञ्चेबाजाका मुर्ति राख्ने काम पनि भएको छ । सङ्ग्रहालयमा आउने पर्यटकले नगरपालिकाका पर्यटकीयस्थलको पनि जानकारी पाउनेछन् । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा इलाममा वडाहाकिम भएर आएका उहाँका ज्वाइँ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको बताइएको छ ।  उनीले १९१९ सालदेखि १९४२ सम्म जिल्लाको प्रशासन सम्हालेका थिए । दरबार १९२० को दशकमा बनेको इतिहासकार बताउँछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८