मोटोरोला ब्राण्डको मोटोरोला नियो ट्रिपल रियर  छिटै बजारमा आउँदै

३ बर्ष अगाडि

काठमाडौं । मोटोरोला ब्राण्डले फ्ल्यागशिप स्मार्टफोन मोटोरोला नियो ट्रिपल रियर र ८ जीबी र्‍यामका साथमा बजारमा छिटै नै सार्वजनिक गर्ने भएको छ ।

यसअघि पनि मोटोरोला नियोबारे समय समयमा सामान्य जानकारी भनी बाहिरिएको थियो । यसअघिसम्म ड्युल क्यामेराका साथ आउने हल्ला भइरहेको भएतापनि गीकबेन्चबाट सार्वजनिक भएको रिपोर्टले उक्त फोनमा ट्रिपल क्यामेरा रहने प्रष्ट पारेको छ ।

यसमा ६४ मेगापिक्सेल मुख्य सेन्सर हुन सक्नेछ ।  १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर र २ एमपीको डेप्थ सेन्सर रहनेछ ।  साथै सेल्फीका लागि फोनमा ड्युल क्यामेरा सेटअप रहन सक्नेछ । जसमा १६ मेगापिक्सेल र ८ मेगापिक्सेलको क्यामेरा हुनेछ ।

 यसअघि यो फोनमा क्वालकम स्न्यापड्रागन ८८८ प्रयोग हुने जानकारी बाहिरिएको थियो । तर, यो फोनमा स्न्यापड्रागन ८८८ को सट्टा क्वालकम स्न्यापड्रागन ८६५ प्लस चिपसेट हुनेछ ।

बजारमा क्वालकम स्न्यापड्रागन ८८८ प्रयोग गर्दै स्मार्टफोन सार्वजनिक गर्ने क्रम बढी रहेको अहिलेको अवस्थामा कम्पनीले भने पुरानै प्रोसेसरलाई प्रयोगमा ल्याउने भएको छ ।

उपलब्ध जानकारी अनुसार मोटोरोला नियो कम्पनीको प्रिमियम सेट हो, जुन ८ जीबी र्‍याम भेरियन्टमा आउने छ । यसअघि यो फोन १२ जीबी र्‍याम भेरियन्टमा बजारमा उपलब्ध हुने चर्चा गरिएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया