काठमाडौं । सामसङले आफ्नो नयाँ फोन ग्यालेक्सी ‘एम ०२ एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
सामसङको आधिकारिक वितरक कम्पनी आईएमएस प्राइभेट लिमिटेडले यस फोनलाई विभिन्न आधिकारिक खुद्रा वितरकहरुबाट उपलब्ध गराएको छ ।
६।५ इन्चको एचडी प्लस डिस्प्ले भएको यस फोनको स्क्रिनमा भी आकारको वाटरड्रप नोच छ । यस फोनमा ५००० एमएएचको ब्याट्री ब्याकअप र १५ वाटको चार्जिङ छ ।
सामसङको यो नयाँ फोन ३ जीबी र्याम, ३२ जीबी इन्टरनल स्टोरेज र ४ जीबी र्याम, ६४ जीबी इन्टरनल स्टोरेज गरी दुई भेरियन्टमा छन् ।
नेपालमा भने ४ जीबी प्लस ६४ जीबी भेरियन्टको फोन उपलब्ध छ, जसको मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो फोनमा स्नापड्रागन ४६० १४ एनएमको प्रोसेसर रहेको छ । फोनमा क्यामेराको कुरा गर्दा यसमा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।
यसका तीन रियर ब्याक क्यामेराहरु प्राइमेरी सेन्सर १३ मेगापिक्सल र दुई डेप्थ र पोट्रेट सेन्सरहरु दुईरदुई मेगा पिक्सेलका छन् । सेल्फी क्यामेरा यस फोनमा पाँच मेगा पिक्सेलको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।