कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा

३ बर्ष अगाडि

काठमाडौं- काठमाडौँस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा अब क्यू आर कोड मार्फत भुक्तानी सकिने भएको छ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्यू आर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

आज कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङ्गणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गरेका छन ।

नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको साथै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झन्झट हटेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । 

प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेका हामी कृषक तथा कृषिजन्य उपजहरू खरिद बिक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरूले अब क्यू आर कोड सेवाबाट अझै सहज रुपमा झन्झटमुक्त कारोबार गर्न पाउँदा हामी बिचको कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया